चाैंरीदेउराली– काभ्रे जिल्लाकाे चाैंरीदेउराली गाउँपालिकामा एच.पि.भी.खाेप सञ्चालनकाे लागि अभिमुखिकरण तथा बहस पैरवी कार्यक्रम सम्पन्न भएकाे छ । पालिकास्तरीय खाेप समन्वय समिति तथा सराेकारवालाहरुकाेबीचमा अभिमुखिकरण तथा बहस पैरवी कार्यक्रम आज सम्पन्न भएकाे हाे ।
स्वास्थ्य शाखा प्रम्ख तेज घिसिङका अनुसार साे कार्यक्र चाैरीदेउराली गाउँपालिकाकाे अध्यक्ष रेणुका चाैलागाईकाे अध्यक्षतामा र जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेका खाेप अधिकृत पार्थमणि न्याैपाने र काे चे अ. अर्जुन खड्काकाे सहजीकरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।