काठमाडौं । तामाङ समुदायको मौलिक गीत-संगीतको परम्परालाई समेट्दै ठट्यौली शैलीमा तयार पारिएको तामाङ दोहोरो गीत “पिङ पिङ्बा लाङै” हालै सार्वजनिक गरिएको छ। यस गीतलाई प्रयास डोङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
डी. के मोक्तानको प्रस्तुति रहेको “पिङ पिङ्बा लाङै”
गीतमा प्रयास दोङ र निर्मला घिसिङको स्वर रहेको छ भने गीतका शब्दहरू डी.के. मोक्तानले लेखेका हुन्। गीतको संगीत र एरेन्ज समेत प्रयास दोङले गरेका छन्, जसले तामाङ संगीतको आधुनिक स्वादलाई परम्परागत झल्कोसँग मिसाउन प्रयास गरेका छन्।

यस गीतको मिक्सिङ सानुबाबु घिसिङले गरेका हुन् र गीतलाई मिनशेंङ स्टुडियोमा तयार पारिएको हो। “पिङ पिङ्बा लाङै” गीतले दर्शकहरूलाई रमाइलो ठट्यौली शैलीमा मनोरञ्जन प्रदान गर्दै तामाङ समुदायको संस्कृतिलाई जीवन्त राख्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गीतमा समावेश गरिएको शब्द, धुन, र गायकीले लोकसंगीतको मिठासलाई श्रोतामाझ पुर्‍याउने प्रयास गरेको देखिन्छ। तामाङ ठट्यौली गीतप्रेमीहरूले यसलाई निकै मन पराउने सम्भावना छ।

यस  गीत हेर्न र सुन्नका लागि प्रयास डोङ अफिसियल च्यानलमा जान सक्नुहुनेछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।