काठमाडौं ।तामाङ समुदायका प्रतिष्ठित गायक र संगीतकार बिश्व दोङको म्युजिक भिडियो ‘खाल्से लाला एदा’ सार्वजनिक भएको छ।
यस म्युजिक भिडियोमा तामाङ चलचित्रको महानायक अमिर दोङको विशेष अभिनय रहेको छ। साथै, चर्चित मोडल याङ्गी दोङ, अस्मिता लामा, बिशाल दोङ र कुइसाङ रुम्बाले पनि उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।
गीतमा स्वर, शब्द र संगीत बिश्व दोङकै रहेको छ। बबी घटानीले एरेञ्ज गरेको यस गीतको मिक्सिङ दीपेश प्रधानले (डीप स्टुडियो) गरेका छन्। भिडियोको छायांकन कृष्ण ब्लोनले गरेका हुन् ।
भिडियोको सम्पादन र निर्देशन अमिर दोङले गरेका छन्, जसले यस म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाएको छ। पोस्ट प्रोडक्शनको सम्पूर्ण काम डम्फु मिडियाले गरेको हो।
‘खाल्से लाला एदा’ माया, ममता र सम्बन्धको विशेषतालाई उजागर गरेको छ। यसले दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दैछ।
भिडियो गायक तथा संगीतकार बिश्व दोङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। तामाङ संगीतप्रेमीहरूले यसलाई मन पराउने विश्वास गरिएको छ।
भिडियो सहित म्युजिक भिडियो हेर्नुस् ।

























