तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार सो शिविर आगामी माघ ६ गतेका दिन हुने भएको हो ।
पाठकका अनुसार शिर मेमोरियल अस्पताल र तेमाल गाउँपालिकाको संयुक्त आयोजनामा महिलाहरुको पाठेघर सम्बन्धि समस्या भएका र पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुनेछ ।
शिविर पोखरी नाराणस्थान स्वास्थ्य चौकीमा विहान १० बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन हुने पाठकले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।