काठमाडौं । गायिका बसन्ती लामाको प्रस्तुति रहेको तामाङ सेलो “च्याङ्बाले मग्न आऊने रे” सार्वजनिक भएको छ। गीतले तामाङ समुदायको मौलिकता र संस्कारलाई गीतको मध्यमबाट प्रस्तुत गर्दै सांगीतिक क्षेत्रमा नयाँ आयाम थपेको छ।

गीतमा चर्चित गीतकार कुमार स्याङ्बाको शब्द रचना, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको संगीत, र गोबिन्द सोनिको मिक्सिङ रहेको छ।भने उक्त सार्वजनिक म्युजिक भिडियोमा कलाकार अतित ब्लोन र काइरा तामाङले जीवन्त अभिनय गरेका छन्।

भिडियोको निर्देशन र सम्पादन अतित ब्लोनले गरेका हुन् भने छायांकन सन्देश ब्लोनले गरेका छन्। कोरियोग्राफी बरुण तामाङले गरेका छन्, जसले गीतलाई थप आकर्षक बनाएको छ।

गीतको प्रस्तुति बसन्ती लामा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। मौलिक तामाङ सोलो भाका, आकर्षक दृश्य, र आधुनिक प्रस्तुतीकरणका कारण गीतले दर्शक तथा स्रोताहरूको ध्यान खिच्न सफल भएको छ।

यस गीतले तामाङ समुदायको छोरी मग्ने परम्परालाई विश्वभर प्रचार गर्ने लक्ष्य लिएको छ। सांगीतिक क्षेत्रका विज्ञहरूले गीतलाई सांस्कृतिक पहिचान संरक्षणको उत्कृष्ट नमुना भन्दै प्रशंसा गरेका छन्।

गीत हाल युट्युब, स्पोटिफाइ, टिकटक, र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ। सांस्कृतिक संगीतप्रेमीहरूका लागि यो गीत विशेष महत्त्व राख्ने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।