पाेर्चुगल- पाेर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायकाे साँस्कृतिक पर्व साेनाम ल्हाेछार २०६१ काे अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएकाे छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा २ फेब्रुअरी २०२५,आइतबारका दिन साे कार्यक्रम हुने भएकाे हाे । 

राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयाेजक फुर्पा तामाङका अनुसार कलाकारहरुको बेजाेड प्रस्तुति सहित साे कार्यक्रम हुन लागेकाे छ । मञ्जुश्री संवत २८६१ सोनाम ल्होछार (डुल) सा पुख्री सर्प बर्ग शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम -२०२५ लाई सभ्य र भब्य बनाउनको निमित्त पोर्चुगल विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागीताकाे लागि उपाध्यक्ष तामाङले अनुराेध समेत गरेका छन् । 

कार्यक्रम Republica Da Musica Lisboa (Alvalade metro station)मा बिहान १० बजेबाट सुरु भएर मध्यरात १२ बजे सम्पन्न हुने तामाङले बताए । कार्यक्रममा म्हेन्दोमाया र सेलो गीतका विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रम हुने र त्यसकाे लागि म्हेन्दोमाया गायिका रमाला पाख्रिन, सेलो गायक प्रदीप लामा, सेलो गायक तथा संगीतकार कुमार योन्जनस्थानिय क सहभागी हुने उनले जानकारी दिए । त्यसैगरि कार्यक्रममा स्थानीय लाकारहरूको समेत प्रस्तुति रहने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।