कोरिया ।तामाङ समुदायका चर्चित गायक तथा संगीतकार विश्व दोङ दक्षिण कोरियामा २८६१ (डुल ल्हो सा पुख्री) सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुँदैछन्। आफ्नो विशिष्ट गीत-संगीतमार्फत तामाङ समुदायको भाषा, संस्कृति, र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै आएका दोङ यस पटक कोरियामा रहेका नेपाली समुदायलाई सांगीतिक रमझम प्रदान गर्ने तयारीमा छन्।साथमा गायक सुरेश लामा, आस्मान लोप्चनको सांगीतिक प्रस्तुति रहने भएका छन् ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा २०७५ औं सोनाम ल्होछारको अवसरमा यो कार्यक्रम जनवरी २८ देखि ३० तारिखसम्म सउल, बुसान, र जेजुदोमा सम्पन्न हुनेछ। विश्व दोङको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण हुनेछ, जसले तामाङ संस्कृतिको विशिष्टता झल्काउनेछ।

विश्व दोङले तामाङ सेलोका धुनमा आधारित गीत र सांगीतिक सिर्जनाहरूमार्फत तामाङ समुदायको जीवनशैली, परम्परा, र मौलिकतालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनका गीतहरूले तामाङ समाजको भावनात्मक पक्षलाई उजागर गर्दै, सांगीतिक धरातलमा विशेष स्थान बनाएका छन्।

यस सांगीतिक यात्राले दक्षिण कोरियामा रहेका तामाङ समुदायसहित सम्पूर्ण नेपालीहरूलाई आफ्नो संस्कृति र पहिचान प्रती गर्व महसुस गराउने विश्वास गरिएको छ। विश्व दोङको यो प्रस्तुति तामाङ संगीत र संस्कृतिलाई विश्वमञ्चमा पुर्‍याउने थप कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।