तेमाल– खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै खेलाडी प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. २ मा आयाेजना गरिएकाे दोश्रो वडा अध्यक्ष कप– २०८१ अन्तर्गत खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ । २ नं. वडा  कार्यालयकाे आर्थिक सहयाेगमा राइजिङ स्टार्स फूटवल क्लबकाे आयाेजनामा भएको साे प्रतियाेगिताकाे आइतबार सम्पन्न भएकाे हाे ।

प्रतियाेगितामा डाँडागाउँ जगरुक युवा क्लब बिजेता बनेकाे छ भने नोर्बु नाम्ग्याल युवा क्लब लामागाउँ उपविजेता भएकाे छ ।

गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले खेलमा विजेता बनेका सबैलाई बधाई दिंदै प्रतियाेगितामा अनशासित ढंगले सहभागी सबै क्लब र खेलाडीहरुलाई धन्यवाद समेत दिए । उनले प्रतियाेगिता भइरहेकाे गोठडाँडा खेल मैदान सानाे भएकाेले खेलमैदान निर्माणकाे लागि आवश्यक बजेटकाे व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरे ।

यसैबीच समापन कार्यक्रमलाई उपाध्यक्ष दलमान थाेकर (डिएम), प्रमुख प्रशासकीय अधिकृत याेगेन्द्र राज गुरुङ लगायतले सम्बाेधन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष थाेकर र वडा अध्यक्ष देव तामाङले प्रतियाेगितामा प्रथम हुने डाँडागाउँ जागरुक युवा क्लबलाई कपका साथमा ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र र दाेस्राे हुने नोर्बु नाम्ग्याल युवा क्लब लामागाउँलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।