काठमाडौ । श्याम लाल योञ्जनक‍ ‘म बसे लाहुरे पल्टनमा’ गीत सार्वजनिक भएको छ।

नेपाल तामाङ संघका पूर्व वरिष्ठ उपाध्यक्ष नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य वीर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सोमबार नयाँबस्ती, बौद्धस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘म बसे लाहुरे पल्टनमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतमा शब्द श्याम लाल योञ्जनले लेखेका छन् भने संगीत सुशील तामाङको रहेको छ। गायक प्रमोद कुमार मोक्तान, चर्चित गायिका सुमिना लो, र ल्हामु शेर्पाको सुमधुर आवाज रहेको यस गीतले लाहुरे जीवनको कथा तथा सांस्कृतिक सन्देश प्रस्तुत गर्दछ।

कविन योञ्जनको निर्देशन छायांकनमाा बनेको म्युजिक भिडियोमा श्याम लाल योञ्जन र सञ्जु मोक्तानले मुख्य भूमिका निर्वाह गरेका छन्।भने भिडियोमा विद्य भूषण मोक्तान, बलराम श्रेष्ठ र मुसुम माया तामाङको पनि अभिनय देख्न सकिन्छ । भिडियोको कलर र सम्पादन कविन योञ्जनकै रहेको छ भन्ने कोरियोग्राफी गंगा ग्लानको रहेको थियो ।गीतको एरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका हुन् भने यसको निर्माण डीप स्टुडियोमा भएको हो।

गीत विमोचन कार्यक्रममा चर्चित उत्प्रेरक व्यक्तित्व तथा प्रशिक्षक विकासदेव योञ्जन र राष्ट्रिय तामाङ घेदुङ सांस्कृतिक विभागका संयोजक अविशेक तामाङ विशेष अतिथि थिए। नेपाल युवा घेदुङका केन्द्रीय सदस्य डिपी लामा तामाङ, पत्रकार संघ भक्तपुरका अध्यक्ष छेडुव तामाङ दोङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व विद्य भूषण मोक्तानले गरेका थिए भने सञ्चालकको भूमिका पत्रकार तथा सञ्चारकर्मी सुदिन लामा दोङले निर्वाह गरेका थिए।

यस गीतले तामाङ सांगीतिक क्षेत्रलाई थप समृद्ध बनाउँदै नेपाली सांगीतिक जगतमा आफ्नो पृथक पहिचान स्थापित गर्ने विश्वास गरिएको छ।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।