तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. ९ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बुधबार र विहिबार गरी दुईदिनसम्म सञ्चालन भएकाे साे शिविरबाट यस वटाका २ सय २४ जनाले सेवा लिएका छन् ।

शिविर तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौको आयाेजना, Good Vision को सहयाेग र तेमाल गाउँपालिकाको संयाेजनमा सञ्चालन भएको थियाे । शिविरमा १ सय ८ जनालाई चस्मा समेत वितरण गरिएको सामुदायिक स्वास्थ्य इकाई मैनाजाङका इन्चार्ज साेभा थापाले जानकारी दिए ।

शिविरको अनुगमन गर्न गाउँपालिका उपाध्यक्ष दलमान थाेकर(डिएम), वडा अध्यक्ष चन्द्रबहादुर लामा, स्वास्थ्या शाखा संयाेजक शिवहरि पाठक र शिक्षा शाखा सहायक भिमलाल लामा पुगेका थिए । उपाध्यक्ष थाेकरले सेवाग्राहीहरुलाई चस्मा र औषधि वितरण गरेका थिए । शिविरकाे अनुगमन गर्दै उपाध्यक्ष थाेकरले ग्रामीण क्षेत्रका जनतालाई गाउँघरमै यसरी शिविर सञ्चालन गर्दा जनता खुशी भएको बताए । स्वास्थ्यलाई जनताकाे सहज पहुँचमा पुर्याउने गाउँपालिकाकाे याेजना अनुसार शिविर सञ्चालन गरेकाे उनले बताए ।

गाउँपालिकाकाे विभिन्न् वडाहरुमा शिविर सञ्चालन भइरहेकाे स्वास्थ्य शाखा संयाेजक पाठकले जानकारी दिए । शिविरमा तिलगंगा आँखा प्रतिष्ठान( Good Vision ), काठमाण्डौबाट कामना न्यौपाने, प्रमिला दंगौरा र धावा तामाङले सेवा दिएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।