तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा राष्ट्रिय अभियानको रुपमा रहेको HPV खोप अभियान-२०८१ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।
जिल्ला जनस्वास्थ्य काभ्रेका खोप प्रमुख पार्थमणी न्यौपानेले अभियानकोबारेमा सहजीकरण गरेका थिए । सोही क्रममा न्यौपानेले गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरलाई पूर्णखोप सुनिस्चितता घोषणा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक शिवहरी पाठकले स्वागत मन्तव्य राखेका थिए । पाठकले अभियान सन्चालन पूर्णरूपमा सफल बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा ६ नं. वडा अध्यक्ष प्रेमबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, कार्यपालिका सदस्य मोहनकुमारी बिक लगायतका सहभागी थिए । खाेप अभियान आगामी फागुन १ गतेबाट शुरु हुने गाउँपालिकाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।