तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना भएको छ । शुक्रबार एक कार्यक्रमका बीच केन्द्रकाे उद्घाटन गरिएको हाे ।
तिलगंगा आँखा प्रतिष्ठानकाे सहकार्य र गुड भिजन जर्मनकाे सहयोगमा स्थापना भएको “तेमाल ग्रामीण आँखा केन्द्र”काे उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रबहाद्र तामाङको अध्यक्षतामा सम्पन्न भएका थियाे । कार्यक्रममा अध्यक्ष तामाङले आफू स्थानीय तहकाे निर्वाचनको क्रममा गाउँ–गाउँमा पुग्दा आँखाको समस्या बाेकीरहेका आमा–बुबालाई भेटेकाे स्मरण गर्दै आफूले वाचा गरेकाे कुरा पूरा गरेकाे बताए । ‘निर्वाचनको क्रममा मत माग्दै गर्दा मैले धेरै आमाबुबाहरुलाई भेटे । आँखा देख्न नसकेका आमाबुबालाई भेटें ।’ उनले भने, ‘मैले उहाँहरुसँग वाचा गरेकाे थिएँ कि गाउँमै आँखाकाे उपचार गर्ने वातावरण बनाउँछु । आज ३ वर्षपछि मैले वाचा पूरा गरेकाे छ् ।’
ग्रामिण आँखा केन्द्र स्थापनाले तेमाली जनताको लागि राम्राे भएको अध्यक्ष तामाङले बताए । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक लगायतका सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।