तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकामा HPV (पाठेघर मुखको क्यान्सर विरुद्वको) खाेप अभियान फागुन १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत शिवहरी पाठकले एक सूचना जारी गर्दै सोकाे जानकारी दिएका हुन् ।

पाठकले जारी गरेकाे सूचना अनुसार अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खाेप लगाउने छ ।

कहाँ कहिले सञ्चालन हुँदै छ त ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।