‘पहिचान वाग्मती र पशुपतिले होइन, तामाङले मागेको’ –लालध्वज

तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. २ को वडा कार्यालय उद्घाटन फागुन १ गतेका दिन गरिने भएको छ । वडा अध्यक्ष देवराज तामाङका अनुसार कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जाराज्य मन्त्री सूर्यमान दाेङ लालध्वजले गरिने भएकाे हाे ।

साेही अवसरमा जेष्ठ नागरिक सम्मान समेत गरिने वडा अध्यक्ष तामाङले जानकारी दिए । वडा भरिका करिब २सय ५० जना जेष्ठ नागरिक रहेकाे उनले बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थाेकर समेत पुग्ने वडा अध्यक्ष तामाङले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।