काठमाडौं– दाङवोला ग्युइ ठिम तामाङ संघका ताम्बा प्रमुख तथा केन्द्रीय सदस्य तेमाल–४ निवासी धनबहादुर तामाङको निधन भएको छ । तामाङ धर्म संस्कृति संरक्षण तथा प्रबर्द्धनका लागि ठुलो योगदान पुर्याउदै आएका तामाङको राती १ बजेको समयमा उपचारको क्रममा निधन भएको थियो ।
६८ वर्षिय उनी नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपालका केन्द्रीय आयोग सदस्य युद्ध लामा र नेकपा माओवादी केन्द्र तेमाल-४ का अध्यक्ष भिम कुमार तामाङको पिता समेत हुन् । टिचिङ हस्पिटलमा उपचाररत थिए ।
पारिवारिक स्रोतको अनुसार उनको शवलाई बौद्ध स्थित तामाङ गुम्बामा राखिएको छ भने भोली ११ बजे तामाङ परम्परा अनुसार जम्बु डाँडामा दाहसंस्कार गर्ने तयारी रहेको जनाएको छ । उनको निधनले ताम्बा परम्परा क्षेत्रमा अपुरणीय क्षति पुगेको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।