चाैंरीदेउराली– काभ्रे जिल्लाकाे चाैंरीदेउराली गाउँपालिकाले ३० औं जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेका दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिका अध्यक्ष रेणुका चाैंलागाईंले एक सूचना जारी गर्दै सार्वजनिक विदाको घाेषणा गरेका हुन् ।
‘प्रस्तुत सम्बन्धमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुण १ गते देखि सुरू भएको जनयुद्धको स्मरण र जनयुद्धको क्रममा बलिदान दिनुहुने ज्ञात अज्ञात सहिदहरु प्रति उच्च सम्मान गर्दै मिति २०८१ फागुन १ गते जनयुद्ध दिवसको दिन चौरीदेउराली गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्थाहरु(अत्यावश्यक बाहेक) लगायत मातहतका सबै सरकारी कार्यालयहरुमा १ दिन सार्वजानिक विदा दिइएको बेहोरा सवै सरोकारवालाहरूमा जानकारीका लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।