तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. २ मा वडा कार्यालय भवनको उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम विहिबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पूर्व ऊर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज)ले गरेका थिए।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दोङसँगै विशिष्ट अतिथिको रुपमा तेमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर (डि एम), अतिथिहरुमा पूर्व वडा अध्यक्ष तेमालसिं तामाङ, पत्रकार, शिक्षक, कलाकार, विद्यार्थी, र विभिन्न स्थानिय प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा ६८ वर्ष उमेर माथिका २७० जना जेष्ठ नागरिकरूलाई सम्मान गरिएको थियो। यस अवसरमा प्रमुख अतिथि दोङ, विशिष्ट अतिथिहरू गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष थोकरले जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए।
वडा अध्यक्ष देवराज तामाङले कार्यक्रमको समापन गर्दै भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेकाेमा प्रमुख आतिथ्य दोङ र विशिष्ट अतिथिहरू गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष थोकर लगायत सबैलाई धन्यवाद दिएका थिए ।
तेमाल गाउँपालिका वडा नं. २ काे वडा कार्यालय भवनको उद्घाटनले यस क्षेत्रको प्रशासनिक कार्यसम्पादनलाई थप सजिलो र प्रभावकारी बनाउने छ। कार्यक्रमका दौरान, प्रमुख अतिथि र अन्य विशिष्ट अतिथिहरूले जेष्ठ नागरिकको योगदान र उनीहरूको सम्मानको महत्त्वको कुरा गरे। ६८ वर्ष माथिका जेष्ठ नागरिकहरूको सम्मानले तेमाल गाउँपालिकामा वृद्ध सम्मानको परम्परा थप मजबुत बनाएको छ।
कार्यक्रमको सफलतामा योगदान पुर्याउने सबै अतिथिहरूलाई वडा अध्यक्ष तामाङले हार्दिक धन्यवाद दिएका छन्।
यस उद्घाटन कार्यक्रममा उपस्थित भएका सबैको योगदान र सक्रिय सहभागिताले यस क्षेत्रको समृद्धि र सामाजिक ऐक्यबद्धता बढाउने विश्वास व्यक्त गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।