तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. १ स्थित बोहोरेदोभनमा ५ महिना बितिसक्दा पनि सडक सुचारु हुन सकेको छैन। जनगुनासोहरु आएपछि तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले आज अनुगमन गरेका छन् ।

गत असोज ११ र १२ गतेको भीषण वर्षाका कारण उक्त सडक खण्ड अवरुद्ध भएको थियो। यस अवरोधले स्थानियवासीलाई ठूलो असुविधा पुर्याएको थियो। सडकको अवस्था जर्जर भएपछि जनगुनासोहरु समेत आएका थिए । स्थानियवासीहरुले सो सडकको दुर्दशा र यातायातको कठिनाइको बारेमा लगातार आफ्ना समस्याहरु उठाउँदै आएका थिए।

जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष तामाङ सो स्थलमा पुगेर प्रत्यक्ष अनुगमन गरे। उनले उक्त समस्याको समाधान गर्न वडा अध्यक्ष इन्द्र अधिकारीलाई फोनमार्फत निर्देशन दिएका थिए। अध्यक्ष तामाङले बजेटको कुनै अभाव हुन नदिने बताउँदै तुरुन्त सडक सञ्चालन कार्य अघि बढाउन वडा अध्यक्ष अधिकारीलाई निर्देशन समेत दिएका थिए ।

सो सडक सूचारु हुँदा स्थानियवासीलाई यातायातको सहजता र दैनिक जीवनमा सुधार ल्याउने विश्वास गरिएको छ। यसरी, स्थानियवासीको चासो र जनगुनासोको आधारमा गाउँपालिका अध्यक्षको सकारात्मक कदमले विकासको नयाँ दिशा तय गर्ने अपेक्षाका गरिएको छ ।

भिडियाे हेर्नुहाेस्ः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।