रामेछाप- रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा सुनापति गाउँपालिका तेस्राे भएको छ । मन्थली नगरपालिका भने प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा सो उल्लेख गरिएको छ ।

जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका रहेका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार रामेछाप नगरपालिका दोस्रो, सुनापति गाउँपालिका तेस्रो, उमाकुण्ड गाउँपालिका चौथो, लिखुतामाकोशी गाउँपालिका पाँचौँ, गोकुलगंगा गाउँपालिका छैटौँ, दोरम्बाशैलुङ्ग गाउँपालिका सातौँ र खाँडादेवी गाउँपालिका आठौँ अर्थात् अन्तिम नम्बरमा रहेको छ ।

प्रारम्भिक नतिजा अनुसार मन्थली नगरपालिकाले ७०.७, रामेछाप नगरपालिकाले ६९.९, सुनापति गाउँपालिकाले ६४.७, उमाकुण्ड गाउँपालिकाले ६२, लिखुतामाकोशी गाउँपालिकाले ५८.१, गोकुलगंगा गाउँपालिकाले ५७.३, दोरम्बाशैलुङ्ग गाउँपालिकाले ५४.२ र खाँडादेवी गाउँपालिकाले ४१.१ अंक प्राप्त गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।