तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका खेलकुद विकास समितिकाे आयाेजनामा हुने प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१ को समुद्घाटन संविधान सभा सदस्य तथा बागमती प्रदेश सरकारका पूर्व खानेपानी उर्जा तथा सिंचाई मन्त्री बागमती प्रदेश सभा सदस्य तीर्थ बहादुर लामाले गर्ने भएको छ ।

फागुन ७ गतेदेखि १० गतेसम्म तेमाल गा.पा. पोखरी नारायणस्थान खेल मैदानमा सञ्चालन हुने प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेको आयाेजकले जनाएको छ ।

उद्घाटन समाराेहमा सहभागी हुन गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले सम्पूर्ण खेलप्रेमी, खेलाडी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, सुरक्षकर्मी पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुमा उपस्थितिका लागि अनुराेध समेत गरेका छन् ।

प्रतियाेगितामा प्रथम हुने टिमलाई नगद रु.१,२५,०००/- (एक लाख पच्चीस हजार), कप शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद रु.७५,००० (पचहतर हजार) कप शिल्ड, मेडल र प्रमाणपत्रऽ तृतीय हुने टिमलाई नगद रु.५०,००० (पचास हजार), कप शिल्ड, मेडल र प्रमाणपत्र  र चौथो हुने टिमलाई नगद रु. २५,००० (पच्चीस हजार), मेडल र प्रमाणपत्र प्रदान गरिने घाेषणा यस अघि नै गरिसकेको छ ।

याे पनि पढ्नुहाेस्ः

तेमालमा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१’ हुँदै

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।