तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकामा प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१ आजबाट शुरु भएको छ । प्रतियाेगिताकाे संविधान सभा सदस्य, वागमती प्रदेशका पूर्व खानेपानी तथा उर्जा मन्त्री सांसद तिर्थबहादुर लामाले एक समाराेहका बीच उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद लामाले भलिवल प्रतियाेगिताले खेल जगतमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै युवाहरुलाई राष्ट्र निर्माणमा एकताबद्ध बनाउन मद्दत पुग्ने बताए । सम्बाेधनमा लामाले तेमाललाई माथि उठाउन यहाँका राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्नेमा जाेड दिए ।

तेमाल सबै दृष्टिकोणले ऐतिहासिक रहेका बताउँदै विकास निर्माणमा तेमाल अगाडी बढेकाे बताए ।  साथै उनले तेमाललाई बनाउन सबै जनप्रतिनिधिहरु एक ठाउँमा उभिन जरुरी रहेकाे बताउँदै तेमालमा आउने सडक सडकलाई बिपिराजमार्गको बैकल्पिक सडकको रुपमा अगाडि बढाउन सबै राजनीतिक दलहरु लागिरहेकाे बताए ।

यसैबीच विशिष्ट अतिथि तथा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१ आयाेजना गर्दै गर्दा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएको बताउँदै आफूले यसलाई सकारात्मक रुपमा लिएको बताए । ‘सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणीहरु आएकाे देखें । मैले यसलाई सकारात्मक रुपमा लिएको छु ।’ अध्यक्ष तामाङले भने, ‘खेल प्रेरणाबाट हुन्छ, खेल गुरुबाट हुन्छ । यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उपस्थित छ । हाम्रो भाइबहिनीहरुको लागि याे प्रेरणा बन्न सक्छ । त्यसैले यो प्रतियोगिताको आयोजना गरेका हौ ।’

उनले भकुन्डे तेमाल मेच्छे सडक सरकारको तर्फबाट बजेट ब्यबस्था गरेपनि सडक बिभाग र ठेकेदारको कारण बन्न नसकाे बताउँदै सडक स्तरोन्नतिको लागि पहल गर्न सांसद लामालाई अनुराेध समेत गरेका थिए ।

भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले खेलकुदको क्षेत्रमा तेमालबाट जिल्ला भरिको पालिकाले सिक्ने बताउँदै राम्राे सन्देश दिने गरी आ-आफ्नाे प्रतिभा देखाउन सबै खेलाडीहरुलाई अनुराेध समेत गरे ।

त्यसैगरि कार्यक्रमकाे अध्यक्षता समेत गरिरहेका गाउँपालिका उपाध्यक्ष दलमान थोकरले भलिवल प्रतियाेगिताले तेमालकाे पहिचान देशै भरि दिने बताउँदै खेलाडीहरुलाई सफलताकाे शुभकामना समेत दिए । थाेकरले आगामी दिनहरुमा व्यवस्थित ढंगले खेलकुदलाई अगाडी बढाउने समेत प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट मन्तव्य राख्दै २ नं वडा अध्यक्ष देवराज तामाङले खेलमा कसैकाे हार नहुने बताउँदै खेलमा कि जित्छ कि सिक्छ भन्ने धारणा राखे । कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष सलामसिं तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारको कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सथानियवासिहरु, खेलाडिहरु, सँचारकर्मिहरु समेतको उपस्थिति रहेको थियाे ।

कार्यक्रममा ७ न‌ं वडा अध्यक्ष तथा प्रवक्ता इन्द्रलाल तामाङले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत याेगेन्द्रराज गुरुङले सञ्चालन गरेका थिए ।

यसैबीच आज भएको उद्घाटन खेलमा बेथानचाेक गाउँपालिका र तेमाल आयाेजक टिम ‘ख’ बीच भएकोमा आयाेजक तेमाल टिमले जितेका थिए भने दाेस्राे खेल लामाखाेर समाज र ७ नं वडा बीच भएकोमा ७ नं वडाकाे टीमले विजय हात पारेका ५ नं वडा अध्यक्ष हजारसिं तामाङ लामाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।