चाैंरीदेउराली- काभ्रे जिल्लाकाे चाैंरीदेउराली गाउँपालिकामा रहेकाे धुसेनी शिवालय प्राथमिक अस्पतालमा डिजिटल एक्सरे बिधिवत रुपमा संचालनमा आएको छ । चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईंले आज एक समाराेहकाबीच सोको समुद्घाट्न सहित एक्सरे सेवा संचालन गरिएको हो ।

उद्घाटन पछि यस सेवाले छिटो छरितो रुममा कम समयमा नै रिपोर्ट निकाल्नुका साथै कम्प्युटरमा पनि तत्कालै हेर्न सकिने र एक्सरेको फोटो पनि गुणस्तरयुक्त हुने भएकोले उपचारमा प्रभावकारी हुने अध्यक्ष चाैलागाईंले बताए । साे अवसरमा उनले अस्पतालमा भर्ना रहेका बिरामीहरुको स्वास्थ्य उपचार र अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

साे अस्पतालमा अध्यक्ष चाैंलागाईंले डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसिजी लगाएतका अन्य स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।