बनेपा- नेकपा एकीकृत समाजवादीका पाेलिटब्यूराे सदस्य तथा काभ्रेली कम्युनिष्ट आन्दाेलनका नेता विदुर सापकोटाकाे निधन भएको छ । नेता सापकाेटाकाे आज विहान ३ः५० बजेकाे समयमा निधन भएको हाे ।

सापकोटाले तत्कालीन पञ्चायती शासन विरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरि  काभ्रेपलाञ्चोक जिल्लामा तत्कालीन नेकपा एमालेको लामो समयसम्म सचिबको जिम्मेवारीमा रहेका थिए  । उनलाई  काभ्रे कम्युनिष्ट पार्टीका एक अग्रज, बैचारिक, कुशल संगठक एवं प्रखर वक्ताको रुपमा लिने गरेकाे थियाे ।

सापकोटा ०७० सालकाे संविधान सभा निर्वाचनमा विजयी भएका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य टाेकबहादुर वाइबाका अनुसार पार्टी केन्द्रीय कार्यालय आलाेक नगर तिनकुनेमा विहान ८:०० वजे देखि १०:०० वजे सम्म श्रद्धान्जली कार्यक्रम राखिएको छ भने  त्यस पश्चात् पशुपति आर्यघाटमा दाहासंस्कार गरिने भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।