धुलिखेल– काभ्रे जिल्लामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका सञ्चालन गरेकाे खोप अभियानमा तेमाल गाउँपालिका सहित ४ पालिकाका ९९ प्रतिशतले खाेप लगाएका छन् ।  माघ २२ देखि शुरु भई फागुन ६ गते सकिएको साे अभियानमा जिलेलाकाे १५ हजार ३ सय ४४ जना बालिकाहरुलाई खोप खाेप लगाएकाे छ । खाेप अभियानमा जिल्ला भरिमा १६ हजार ९७ जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको थियाे ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठका अनुसार प्रतिशतका हिसाबले खानीखोला गाउँपालिका, नमोबद्ध नगरपालिका, भुम्लु गाउँपालिका, तेमाल गाउँपालिकामा ९९ प्रतिशत, बनेपा, पाँचखाल, बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत, रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर, पनौती नगरपालिका ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत खोप लगाईएको छ ।

महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई बचाउने दायित्व अनुरुप सरकारले अभियान चलाएको थियाे । । खोप अभियानसँगै ३० वर्ष पुरा भएका ५० वर्ष नकटेका महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धि परिक्षण गरिने भएको छ ।

कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई मुख्यतः विद्यालय केन्द्रीत खोपकेन्द्रबाट एचपिभी खोप दिइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।