भक्तपुर । वरिष्ठ गायक तथा संगीतकार सञ्जीव वाइवाको सांगीतिक प्रस्तुति तामाङ भाषामा ‘छामे थेरेरे’ (नेपाली अर्थ: केटी लाइनमा) बोलको सांगीतिक सिर्जना हालै सार्वजनिक भएको छ। डम्फू मिडियाको अफिसियलको च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियो तामाङ समुदायको सांस्कृतिक विविधता, संगीत र मनोरञ्जनात्मक पक्षलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने प्रयत्न हो।

सञ्जीव वाइवा तामाङ समुदायको निकै चर्चित गायकको रुपमा स्थपित नाम हो। जसको गीतहरु तामाङ सांगीतिक क्षेत्रमा निकै लोकप्रिय गीतहरु बजारमा सुन्न सकिन्छ ।

भिडियोको निर्देशन तामाङ चलचित्र जगतका महानायक अमिर दोङले गरेका छन्, जसमा उनै अमिर दोङ, मोडल अनुस्का मोक्तान , र अञ्जना थिङले अनुस्का मुख्य भूमिकामा देखिएका छन्। गीतको शब्द ,संगीत र आवाज सञ्जीव वाइबा ले गरेका हुन् भने एरेन्ज/कम्पोजरको भूमिका प्रस्थान वाइबा ले निभाएका छन्। छायांकन, सम्पादन पक्षमा त्रिलोक लामाको योगदान रहेको छ।

‘छामे थेरेरे’ ले तामाङ समुदायको मौलिक बाजागाजा, चालचलन र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएर प्रस्तुत गर्छ। आकर्षक कोरियाग्राफी, कलाकारहरूको उत्साहजनक प्रस्तुति, र मनमोहक लोकेसनले भिडियोलाई अझ रोचक बनाएको छ। भिडियो एचडी गुणस्तरमा तयार गरिएको यस म्युजिक भिडियोलाई दर्शकहरूले थप उत्कृष्ट रूपमा अनुभव गर्न सक्नेछन्।

सांस्कृतिक जरो र आधुनिक शैलीको समिश्रण बोकेको यो गीत, तामाङ सांगीतिक जगतमा एक थप कोसेढुंगा सावित हुने विश्वास गरिएको छ। अहिले डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको ‘छामे थेरेरे’ दर्शक-श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।