बनेपा– काभ्रेमा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आजबाट जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा प्रतियाेगिता शुरु भएकाे हाे ।
प्रतियाेगिताकाे बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले एक समाराेहकाबीच उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री लामाले खेल क्षेत्र प्रदेशको प्राथमिकतामा रहेको बताउँदै स्वस्थ जीवनयापनको लागि समेत खेल महत्वपुर्ण रहेको बताए । उनले खेलले अनुशासन सिकाउँदै प्रतिस्पर्धी भावना जागृत गाराउँदै भावनात्मक सम्बन्ध विकास गराउने धाराणा राखे । यसअघि खेल क्षेत्र प्राथमिकतामा नपरेको बनाउदै अहिले प्रदेश सरकारले पुर्वाधार विकासमा जोड दिएको मुख्यमन्त्री लामाले बताए ।
उद्घाटन कार्यक्रममा वागमती प्रदेशसभा सदस्य रत्न ढकाल, लक्ष्मण लम्साल, रुकु चौंलागाँई, तिर्थबहादुर लामा, कञ्चन वादे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका नगर प्रमुख शानितरत्न शाक्य, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक लामा, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवाको अध्यक्षता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।