काठमाडौं । चर्चित गायक तथा संगीतकार कार्साङ लामाले शुक्रवार आफ्नै युट्युव च्यानल मार्फत सार्बजकि गरिएको आसना सार्दो दिल पर्दो रिमिक्स भर्जन गीतको भिडियो यत्ति बेला समुदायमा विवाद र बहसको बिषय बनेको छ । उने सिन्धुपाल्चोक भेगमा निक्कै नै लोकप्रिय भाका खान्दोके सेलोलाई आधुनिक बाजागाजाहरु सहित पप रकिङ शैलिमा गाएर भिडियो सहित सार्बजनिक गरेका थिए ।

कार्साङ लामाले खान्दोके सेलो भाकालाई आधुनिक शैलिमा रक भर्जनमा मात्रै गाएनन् उक्त भिडियोमा तामाङको मौलिक बाजा टुङ्ना र डम्फुलाई बहिस्कार गरेको देखिन्छ । तसर्थ यत्तिबेला यो बिषयलाई लिएर सामाजि सञ्जाल फेसबुकमा चर्को विवाद नै शुरु भएको छ । हुन त यस्ता आधुनिक रिमेक गीतहरुले पुराना र नयां पुस्ताबीच मतभेद सिर्जना गर्न सक्दछ । केहीले यसलाई सांस्कृतिक नवप्रवर्द्वनको रुपमा हेर्न सक्छन भने केहीले सांस्कृतिक धरोहरको अवमुल्यनको रपमा लिन पनि सक्छन् । आधुनिक शैली र उपकरणहरुको प्रयोगले युवा पुस्तालाई आकर्षित गर्ने सम्भावना रहन्छ । जसबाट भाकाको बारेमा नयां चासो र परिचय पनि हुन सक्छ । यस्तो रिमेकले परम्परागत र आधुनिक दृश्टिकोणबीचको सन्तुलन ल्याउने सम्भावना रहन्छ जसले सांस्कृतिक संरक्षण र नवीनता बीचको समन्वय खोज्न प्रेरित पनि गर्न सक्दछ ।

तर खान्दोके भाकाको मौलिकता र सांस्कृतिक पहिचानलाई ध्यानमा राखेर रिमेक गर्नु अत्यन्त महत्वपुर्ण छ । आधुनिक उपकरण र शैली मात्र प्रयोग गर्नाले पारंपरिक तत्वहरुलाई बेवास्ता गरियो भने, यसले समुदायमा नकरात्मक असर, विवाद र सांस्कृतिक असन्तोष निम्त्याउन सक्छ । यस्तो अवस्थामा, दुई शैलीबीच सन्तुलन कायम गर्न र पारंपरिक तत्वलाई सम्मानपूर्वक समावेश गर्न आवश्यक छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।