तेमाल–  काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ सम्पन्न भएको छ । गत फागुन ७ गतेदेखि आइतबार सम्म सञ्चालन भएको सो प्रतियाेगिताको उपाधी वडा नं ७ ले जितेको छ ।

आयोजक टिमलाई तेमाल गाउापालिकालाई पराजित गर्देै वडा नं ७ ले उपाधी जितेको हो । १८ वटा टीम सहभागी भएको साे प्रतियाेगितामा वडा नं २ को लामाखोर समाजको टिम तेस्रो भयो भने वडा नं १ को खाँडादेवि युवा क्लब चाैथो भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले अनुशासित, शान्तिपूर्ण र उत्साहपूर्वक भाग लिएकोमा सबै खेलाडीहरुलाई विशेष धन्यवाद दिएका छन् । खेलकुद विकासमा गाउँपालिकाले सचेत पहल गरिरहेकाे बताउँदै आगामी दिनहरुमा खेलकुद क्षेत्रलाई अगाडी बढाउन विशेषा याेजना बनाउने अध्यक्ष तामाङले बताए ।

समापन कार्यक्रममा तामाङले विजयी खेलाडी र टिमलाई नगद, मेडल र ट्रफी प्रदान गरेका थिए ।प्रतियोगितामा प्रथम हुने टिमले एक लाख पच्चीस हजार रुपैयाँ, द्वितीय हुनेले पचहत्तर हजार, तृतीय हुने टिमले पचास हजार रुपैयाँ र चौथो हुने टिमले पच्चीस हजार रूपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, वडा अध्यक्षहरु, कर्मचारीहरु, खेलाडीहरु, स्थानीयहरुको सहभागीता थियाे ।

पोखरी नारायणस्थान खेल मैदानमा बाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले उद्धघाटन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।