तेमाल– काभ्रे जिल्ला तेमाल गाउँपालिकामा रहेकाे तिमाल सामुदायिक ग्रामीण बिधुतीकरण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारणसभा तथा १९ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ | आज एक समाराेहका बीच संस्थाको साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको हाे ।
कार्यक्रमका गाउँपालिका उपाध्यक्ष दलमान थाेकर (डिएम)ले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका उपाध्यक्ष थाेकरले सरहकारीले गरेकाे प्रगतिको प्रसंसा गरे । उनले तेमालको समृद्धिको लागि राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउँदै तेमालमा विद्यतिकरणको लागि राजनीतिक दलहरुले आ–आफ्नाे प्रतिबद्धता पूरा गरेको बताए ।
कार्यक्रममा तिमाल सामुदायिक ग्रामीण बिधुतीकरण सहकारी संस्था लि. का अध्यक्ष सार्कीमान तामाङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सञ्जीव लामाले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयाेजक बलराम रायले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सर्वसहमति ढंगले पारित गरेकाे थियाो ।
कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, नेपाली काँग्रेस तेमाल गाउँपालिका इकाइ समितिकका सभापति ज्ञानबहादुर तामाङ, नेकपा (माओवादी केन्द्र)का तेमाल गाउँपालिका अध्यक्ष डिलबहादुर थाेकर (ग्याम्जाे), नेकपा (एमाले) तेमाल गाउँपालिका कमिटी कार्यवाहक अध्यक्ष सिंगबहादुर तामाङ, सहकारी संघ तेमालका अध्यक्ष ड्वाङदाेर्जे लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव इन्द्रमान तामाङले सञ्चालन गरेको साे कार्यक्रममा सह–सचिव कान्छा लामाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत याेगेन्द्रराज गुरुङ, नारायणस्थान मा.बि. को सहायक प्र.अ. महेन्द्रकुमार लामा , संस्थाको संस्थापक सदस्यहरु चन्द्र बहादुर दोङ र लवाङदोर्जे लामा अतिथिको रपमा सहभागी थिए भने वडा नं. १ देखि ९ सम्मका प्रतिनिधिहरुकाे सहभागीता थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।