खानीखाेला– काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिलकाले माझी समुदायको मुख्य पर्व लदी पर्वको उपलक्ष्यमा पालिकाभरि सार्वजनिक विदा दिएको छ । फागुन २० गतेका दिन पर्ने सो पर्वमा वडा नं. ४ भरि मात्र सार्वनिक विदा हुने सूचनामा उल्लेख छ ।

वडा अध्यक्ष निशान माेक्तानद्वारा जारी गरिएको सूचनामा भनिकएको छ, ‘प्रस्तुत विषयमा यहि फाल्गुन २० गते माझी समुदायको मुख्य पर्व लदी पर्व (कोशी पुजा) को उपलक्ष्यमा माझी समुदायमा सुख सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै खानीखोला गाउँपालिकमा एक मात्र माझी समुदायको बसोबास रहेको वडा नं. ४ भरी गाउँ कार्यपालिकको मिति २०८१/११/१३ गते बसेको बैठकको निर्णय भए अनुसार यस वडा भित्र रहेको विद्यालय, संघसंस्था र सरकारी कार्यलयहरु बिदा हुने यसै सुचना मार्फत जानकारी गराईन्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।