चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ का वडा सदस्य माथि काँग्रेस कार्यकर्ताले संघातिक आक्रमण गरेको छ । सोमबार वडा सदस्य विचारसिं तामाङ माथि स्थानीय काँग्रेस कार्यकर्ता लक्षमी लामा घिसिङ र स्थानीय गुम्बाका प्रमुख लामा चुण्डुई लामाको उक्साहटमा आएर काँग्रेस कार्यकर्ता विशाल तामाङको समूहले आक्रमण गरेका हुन् ।

तामाङ माथि राती ८ः३० बजेको समयमा रड प्रहार गरी आक्रमण गरेको स्थानीयले बताएका छन् । गुम्बामा संघीय बजेटबाट सिंढी तथा रेलिङ निर्माण गरिएकोमा लक्ष्मी र चुण्डुईले भत्काउन चाहेका थिए । सो दिन जवर्जस्ती भत्काउन खोजेपछि वडा सदस्य तामाङले स्थानीय जनप्रतिनिधिको रोहबारमा मुचुल्क उठाएर मात्र भत्काउन अनुरोध गरेका थिए ।

सोही क्रममा काँग्रेस जिल्ला सदस्य समेत रहेका लक्षमी लामा र चुण्डुई लामाको याेजनामा वडा सदस्य तामाङ माथि आक्रमण गरेका थिए । आक्रमणबाट उनको टाउकोमा गम्भिर चोट पुगेको छ । उनको उपचार काठमाडौं स्थित बाँसबारी न्यूरो अस्पतालमा भइरहको स्थानीयले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।