धुलिखेल- बागमती प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघको दोस्रो भेलाले बिकास लामाको अध्यक्षतामा ९ सदस्सीय समिति चयन भएको छ । बागमती प्रदेश खेलकुद परिषदको कार्यालय त्रिपुरेश्वरमा सम्पन्न भेलाले नयाँ समिति चयन गरेको हो ।
कार्यक्रमको अध्यक्षता संयोजक विकास लामाले गर्नुभएको थियो भने प्रमुख अतिथी नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग संघका केन्द्रिय अध्यक्ष अच्युत खनालले गरेका थिए ।
भेलाले उपाध्यक्षमा बिक्रम रेग्मी, नरेन भासिमा सचीव श्रवन बर्तौला , कोसाध्य्क्ष सुजित बोडे, सदस्यहरुमा सुनीत देउला, दयाराम अधिकारि, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंहलाई चयन गरेको छ ।
स्केट खेलको ईतिहास, बर्तमान र आगामी भबिस्य सहित छ्लफल गरेर यो खेल बिकास, प्रचार प्रसार, प्रबर्द्धन र मर्यादित बनाउने प्रतिबद्धता गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।