तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई कानूनी प्रशिक्षण दिएको छ । बाल विवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय कानुनी प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हाे ।

तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रमकाे अध्यक्षता उपाध्यक्ष दलमान थाेकर (डिएम)ले गरेका थिए ।
कार्यक्रमकाे सहजीकरण तेमाल गाउँपालिकाकाे कानूनी सल्लाहकार अधिवक्ता देव कुमार माेक्तान र अर्का अधिवक्ता संगीता श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा तेमाल गाउँपालिकाका माध्यमिक तहका प्रधानाध्यपकहरु, शिक्षकहरु र विद्यार्थीहरुकाे उपस्थिति थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























