तेमाल– काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, चाेपाटार निवासी कुलबहादुर तामाङले आफ्नाे उपचारको लागि सहयाेग गर्न अपिल गरेका छन् । क्यान्सार राेग लागेका उनले आफूसँग भएको सम्पत्ति सकेपछि आफ्नो उपचार गर्न कठीन भएपछि उपचारको लागि सबैलाई अपिल गरेका हुन् ।

देशमा हुँदा हाेस या विदेशमा हुँदा धेरै असाहाय, दीन दुखी, आपत बिपतमा परेकाहरुको सेवक बनेका कुलबहादुर आज आफै सहयोगको याचना गर्नुपर्ने ठाउँमा पुगेका छन् । विभिन्न संघसंस्थामा आबद्ध भएर उनले आफूलाई समाजसेवीमा दर्ज गर्न सफल भएको थियो । आज उनी आफै थलामा परेपछि आफूलाई पनि सहयाोग आउनेमा आशावादी देखिन्छ ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्ः ‘मेरो जिवनको अन्तरालमा धेरै उतारचढाव पार गर्दै अहिले काठमाडौको एउटा बिस्तारामा सुतेर यो निवेदन पेश गरिरहेको छु। मैले धेरै असाहाय, दीन दुखी, आपत बिपतमा परेकाहरुको उद्द्दारका लागि अहोरात्र लागि पर्दा आफुलाई आनन्दित हुने नागरिक थिएँ । यसै सिलशिलामा तामाङ समाज ओमनमा र जन प्रगातिशिल मन्च ओमन र बुद्ध भिजान ओमन यो तिनै वाट संस्थहरुमा आवद्ध भएर मेरो श्रीमती सहित म विभिन्न जिम्मेवारी बहन गर्दै सामाजिक काम गर्ने अवसर पनि पाईएको थियो । आज आएर मेरो स्वास्थ्यमा नसोचेको प्राणघातक रोग क्यानसरले आक्रमण गरि बिस्तारामा लडाई दिएको छ, हाल आएर मेरो आर्थिक अवस्था अत्यन्तै कमजोर भैसकेकाले सहयोग गरि मेरो जीवन रक्षाका लागि लागिदिन हार्दिक अपिल गर्दछु।’

बिरामीको नाम- कुल बहादुर तामाङ

श्रीमतीको नाम- कान्छीमाया तामाङ

फोन नम्बर- (9861741217)(9808332356)(980833255)

खाता न• -02416184650

बैंक नाम –siddhartha bank

ठेगाना – boudha ktm

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।