धुलिखेल– काभ्रे जिल्लाकाे बनेपा बजारमा आफैले चलाएको गाडीले किचेर आफ्नै ४ वर्षिय छाेरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–१ घर भइ हाल काभ्रेको बनेपा नगरपालिका ४ बस्ने वर्ष ३० का सरोज बरालले गाडी ब्याक गर्ने क्रममा आफ्नै छोरी अन्दाजी वर्ष ४ की समिक्षा बरालको मृत्यु भएको हाे ।
बनेपा नगरपालिका– ४ त्रिवेणीचोकमा रहेको शुभकामना सप्लायर्स (गिटि वालुवा) डिपो भित्र बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडीले ठक्कर दिएपछि छोरी समिक्षाा घाइते भएकी थिइन् ।
घाइते भएकी बालिकालाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।