खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं १ धार्नेमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खानेपानी उद्घाटन गरेका छन् । नेवा खानेपानी संस्था (NEWAH) र गाउँपालिकाको साझेदारी निर्माण भएको सो वडामा ६५ घरधुरीका लागि ‘एक घर एक धारा’ अध्यक्ष थिङले उद्घाटन गरेका हु्न ।
उद्घाटन समारोहमा अध्यक्ष थिङले योजना सञ्चालनका उद्देश्य र यसको महत्वबारे प्रकाश पार्दै स्थानीय जनतालाई यसबाट हुने फाइदाबारे बताए । खानेपानी तथा सरसफाइ योजना स्वास्थ्य र जीवनस्तर सुधारमा ठूलो योगदान पुग्ने उनले बताए ।
यस योजनाले धार्ने र खवासे क्षेत्रका ६५ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याउनेछ, जसमा पानीको सुविधा र सरसफाइको पूर्वाधार सुनिश्चित गरिनेछ। योजना अन्तर्गत प्रत्येक घरमा एक धाराको व्यवस्थापन गरिनेछ, जसले गर्दा स्थानियहरूको दैनिक जीवनमा सहजता आउनेछ। साथै, यस योजनाले स्वास्थ्यका समस्या कम गर्ने र पानीको उचित प्रयोगमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
समारोहमा उपाध्यक्ष, वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, ग्रामीण समुदायका सदस्यहरू र अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। सबैले यस योजना सफल र दीर्घकालिक बनाउने प्रतिबद्धता जनाए। नेवा खानेपानी संस्थाका प्रतिनिधिहरूले पनि यस परियोजनाको कार्यान्वयन र व्यवस्थापनमा पूर्ण सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।