खानीखाेला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले किसानहरुलाई कृषि सामाग्री वितरण गरेका छन् । गाउँपालिकाकाे वडा नं. २ का किसानहरुलाई बुधबार एक समारोहका बीच सो सामाग्री वितरण गरेका हुन् ।

कृषि सामाग्री वितरण गर्दै अध्यक्ष थिङले कृषिमा औ‍जारीकरण गरेर किसानको उत्पान बढउने कार्यमा आफू लागिपरेकाे बताए । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य अनुसार गाउँपालिकाले योजना बनाइरहेको उनको भनाइ थियाे ।

एक वडा एक कफि उत्पादन (कफि वाली) अन्तर्गत काभ्रे जिल्ला कृषि बिकास कार्यलय ६०% गाउँपालिका २०% र समुदाय २०% गरि ३ वटा कफि मिसिन, १५ वटा मिनि टेलर , ४० वटा इस्प्रे पम , गोडेन पाईप, हजार केजि कृषि चुन, आठ मेट्रीक टन अनुदान स्वरुप किसानलाई वितरण गरेको थियो ।

कार्यक्रममा जिल्ला कृषि बिकास कार्यलय काभ्रेका कुल प्रसाद दवाडी, वडा अध्यक्षहरु जनप्रतिनिधिहरु स्थानीय, बुद्धिजीवी, युवा, व्यवसायी, कृषकहरुको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।