महाभारत– सम्भावतः नेपालकै कान्छो अध्यक्ष हुन् महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा । तर काम भने जेठै गरिरहेका छन् उनले । काभ्रेको विकट क्षेत्रको रुपमा रहेको महाभारत गाउँपालिकाका सडक यति चाँडै पिच हुन्छ भन्ने कसैले परिकल्पना गरेकै थिएन । तर कान्छो अध्यक्ष जिम्बाले महाभारतको सम्बृद्धिको लागि चालेको कदमले भने उमेरले कान्छाे भएपनि कामले भने जेठाे सावित गरेका छन् । यतिखेर  “जनमुक्ति मार्ग“ अन्तर्गत महाभारत गाउँपालिकामा पर्ने देवीटार–घर्तीछाप–सोलाभन्ज्याङ सडक खण्ड पिच भइरहकेकाे छ ।

जिम्बाको नेतृत्वमा महाभारत विकट हाेइन निक्कै सुगम हुने भएको छ । सो सडक खण्डको अनुगमन गर्न गाउँपालिकाको अध्यक्ष जिम्बाको टोलि मंगलबार सो सडक खण्डमा पुगेका छन् । अनुगमनमा गाउँपालिका अध्यक्ष जिम्बा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, प्रहरी निरेक्षक, पुर्वाधार कार्यालयका इन्जिनियर लगायत स्थानीय नेता तथा समाजसेवीहरुस हितको टोलीले पुगेका थिए ।

जनमुक्ति मार्ग“ अन्तर्गत महाभारत गाउँपालिकामा पर्ने “देवीटार–घर्तीछाप–सोलाभन्ज्याङ“ सडक खण्ड सडक विस्तार, स्तरोन्नति र कालोपत्र सडक चौडा गर्ने, ग्याविन, टेवा पर्खाल, नाला, सडक ढलान लगाएतका कार्य धमाधम भैरहेको छ । “जनमुक्ति मार्ग“ अन्तर्गत (चेनेज ९ किलोमिटर) देवीटार–घर्तीछाप–सोलाभन्ज्याङ सडक खण्ड पूर्वाधार विकास कार्यालय, काभ्रेपलान्चोक अन्तर्गत ठेक्का सम्झौता भई निर्माण व्यवसायी सन्तोषी/धर्म एस/हरिहरि जेभी बाट निर्माण भइरहेको छ ।

समृद्धि सम्भव छ, हाम्रै पालामा जनमुक्ति मार्गको देबीटार,घर्तिछाप सोलाभन्ज्याङ, ९ किलोमिटर खण्डको काम तिव्र गतिमा अघि बढाएको र जस अन्तर्गत कालोपत्रे ढालन कार्य भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । हामी सबै मिली यसको अनुगमन गरी गुणस्तर कायम गर्न थप सहयोग गर्न अध्यक्ष जिम्बाले अनुरोध गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।