सपना हर कोहीको हुन्छ, तर केही सपना यस्ता हुन्छन कि केवल हृदयबाट निस्केर जीवनको उदेश्य बनाउँछन । मेरो सपना सानो होइन, यो एउटा यात्रा हो जसले मलाई मेरो अस्तित्वका गहिराईसम्म पुर्‍याउँछ । हामी सबैलाई थहा छ की जिन्दगी सधैँ सहज हुँदैन । तर तपाइको मनमा एक स्पष्ट उद्देश्य छ तब तपाइलाई कुनै पनि चुनौतिलाई पार गर्नको लागि प्रेरणा मिल्छ । मेरो जीवनको गहिरो उदेश्य थियो आफनो लक्ष्य पुरा गर्नु छ, बा आमाको सफल छोरा बन्नु छ ।

म सधैँ सम्झिन्छु जब म सानो थिएँ, बा आमाको आँसु र मुस्कानको बीचको संघर्ष देखेको थिएँ । बा आमाले आफनो छोरा छोरीको लागि गरेको अनगिन्ती दुःखहरु देखेका थिएँ । एकै साथ घरको काम र बहिराको संघर्षमा जुट्दै उनीहरुले आफनो छोरा छोरीको लागि अनगिन्ती इच्छाहरु त्यागेको देखेको थिएँ । मलाई सधै लागेको थियो कि उनीहरुको सघर्ष केवल शारिरीक थिएन, त्यो मनसिक र भावनात्मक थियो । तेसैले मैले आफनो सपना हरुलाई एक वास्तविक लक्ष्यको रुपमा लिएँ । जस्ले बा आमाको आशा र मेहेनतलाई सम्मान दिन सकियोस ।

म आफुलाइ सक्षम बनाउन चाहन्थे साथै म संगै बा आमाको सपनाहरु पनि पुरा गर्नु थियो, मलाइ जब सम्म म मेरो लक्ष्यको बाटो नतिजा दिदैन मैले कठिनाईहरुलाई स्वीकारेर अघि बढ्नु पर्छ ।

त्यो समय सम्झदा मलाई बा आमाको माया, बलिदान र आशा सम्झिन्छु । मैले कहिल्यै बा आमाको संघर्षलाई हल्का रुपमा लिइनँ, धेरै पटक मैले लक्ष्यको बाटोमा निराशा र अवरोधहरुलाई अनुभव गरे । कहिले कहि जस्तो लाग्यो, सायद मैले हार खाईरहेको छु तर म त्यहि बा आमाको शब्द सम्झन्थे, जब सम्म तिमिले प्रयास गर्न पाएको छैनौँ तब सम्म हार स्वीकार्नु हुदैँन । त्यहि शब्दहरुले पे्ररणा र सशाक्त बनाउँन मद्दत पुर्‍याउथ्यो ।

अहिले म जति पनि सफलतामा पुगेको महसुश लाग्छ त्यसको पछािड बा आमाको संघर्षका ठुलो हिस्सा छ । म आफनो धेरै त होइन केहि सफलताहरु प्रप्ता ग्ेरेका जस्तो महसुश गरेकी छु । हरेक सफलता र प्रगतिको एक दिनको काम होइन जसमा रात दिनको कठिन परिश्राम, माया र बलिदानको गहिरो सदस्य लुकेको हुन्छ । अगाडि बढुदै जाँदा बाँच्ने क्रममा मैले धेरै पिँडा संघर्ष र निराशा भोगे, तर यी सबैका बीचमा म सधै बा आमाको माया र समर्थनलाई सम्झन्छु । बा आमा म जन्दिन के तपाइलाई थहा छ कि म तपाईको अपेक्षाहरु पुरा गर्न सफल भएको छैन तर मैले मेरो सबै प्रयास गरेर मेरो लागि वास्तविकता बनाउँन चाहेकी छु ।

तपाइलाई गर्व गर्ने ठाउँ दिन सकेका दिन मेरो जीवनको सफलता हुनेछ । मैले कहिले आफनो लक्ष्य लाई भुलेको छैन, मैले लक्ष्य एकदम स्पष्ट छ कि बा आमाको सफल छोरा बन्नु छ । मेरो संघर्ष र अध्ययन उदेश्यको लागि हो, यो मलाई रामा्रे संग थहा छ तर कहिले कहि जब म हार्छु तव थकित हुन्छु , तर त्यो बेला बा आमाको आँखामा देखिएको आशाहरुलाई सम्झेर अगाडि बढ्छु ।

अगाडि बढदै जाँदा जीवनमा धेरै व्यक्तिहरु संग भेटघाट हुन्छ, कोही नजिक हुन खोज्छन र कोही टाढा तर म सधैँ सोच्छु, कति धेरै कुरा जीवनमा प्राप्त गर्न सकिन्छ तब हामो्र लक्ष्य स्पष्ट हुन्छ । मलाई थहा थियो मेरो मनमा एक मात्र इच्छा थियो सपना पुरा गर्नु र त्यसको लागि म कुनै हदसम्म जान चाहन्थेँ, बा आमाको सफलताको प्रतिक बन्न चाहन्थेँ। मेरो काममा तल्लीन हुनु थियो, सपना देख्न, प्रयास गर्न र असफलताबाट सिक्न यसरी नै मेरो लक्ष्य सम्म पुग्नु र आफनो जीवनलाई ठोस उदेश्यसँग अगाडि बढाउनु, सपना पुरा गर्नु बा आमाको सफल छोरा बन्नु ।  –प्रेमराज तामाङ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।