काभ्रे । विगत लामो समयदेखि क्यान्सरसँग संघर्ष गर्दै आएकी सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–८ मानेश्वरा हर्रे निवासी चरीमाया तामाङलाई देश तथा विदेशमा रहेका सहयोगी मनहरुले आर्थिक साथ जुटाएका छन्।

पत्रकार सुरेन छ्युमी तामाङको नेतृत्वमा टुङ्ना मिडियाद्वारा सङ्कलित २ लाख ७५ हजार रुपैयाँ २०८१ साल चैत ३१ गते धुलिखेल अस्पताल पुगेर पीडित चरीमाया तामाङलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।

सहयोगदाताहरुले विदेशमा पसिना बगाएर संकलन गरेको रकमलाई जस्ताको त्यस्तै पीडितको हातमा पुर्याइएको टुङ्ना मिडियाका पत्रकार सुरेन तामाङले जानकारी दिएका छन्। साथै, सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तित्वहरुप्रति टुङ्ना मिडिया र पीडित परिवारको तर्फबाट भिडियो सन्देशमार्फत आभार प्रकट गरिएको छ।

मानवीय सेवाको उदाहरणस्वरूप सञ्चालित यस सहयोग अभियानले चरीमाया तामाङको उपचार यात्रामा सशक्त साथ दिने विश्वास लिइएको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।