तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. ७ मा स्वास्थ्य कार्यक्रम तथा तथ्याङक संकलनअभियान सञ्चालन हुने भएकाे छ । ७ नं. वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता इन्द्रलाल तामाङले एक सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् ।

वडा अध्यक्ष तामाङका अनुसार सो अभियान २०८२ साल बैशाख ६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने छ । अभियान सविक कुरुवास चापाखोरी गाविस वडा १ देखी ९ सम्म संचालन हुने उनले जानकारी दिए ।

वडावासीहरुको स्वास्थ्य स्थिति बुझ्ने, दिर्घरोगीहरुको तथ्याङक संकलन गर्ने, परिवारजनका विवरण तथा स्वास्थ्यसम्बन्धी तथ्याङक संकलन गर्ने, स्वास्थ्य विमा गर्ने उद्देश्यले सो अभियान सञ्चालन गर्न लागेकाे वडा अध्यक्ष तामाङले बताए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।