तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका आँखाको रोगहरुको निःशुल्क रुपमा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले आज एक सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् ।
शिविर आगामी बैशाख ११ र १२ गते पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा हुने गुरुङले जानकारी दिएका हुन् । शिविर नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरका वरिष्ठ नेत्र विशेषज्ञद्वारा सेवा प्रदान गरिने छ ।
शिविरमा मोतिविन्दु लगायत मुख्य गरेर आँखाको अन्धोपन गराउन सक्ने आँखाको रोगहरुको निःशुल्क रुपमा शल्यक्रिया हुने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।