तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. ८, मेच्छे निवासी हरिराम रायमाझीका छोरा वर्ष २१ को निसान रायमाझी सम्पर्क विहिन भएका छन् । पारिवारिक स्रोतका अनुसार २०८२/०१/०८ गते बेलुका १७:०० बजे कोठाबाट काममा जान्छु भनि निस्केको देखि रायमाझी सम्पर्क विहीन भएका हुन् ।
काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल डेरा गरि बस्ने उनी बल्खु स्थित रोधी घरमा काम गर्न हिँडेका थिए । पाँचदिन वितिसक्दा पनि परिवारको सम्कर्कमा नआएपछि उनको परिवारले खोजीनिती गर्न सबैमा अनुराेध गरेका छन् । कोहीकसैले भेटेमा नजिककाे प्रहरी चाैकी वा ९८६००४०४८१, ९८४१७७००४५, ९८६०६८०२२६. ९८५१२५८१४५, ९८०१८५०१४५, ९८४१८५७३८५ मा सम्पर्क गर्न अनुराेध गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























