चौंरीदेउराली- काभ्रे जिल्लाकाे चौंरीदेउराली गाउँपालिकाले मानसिक समस्या भएका विरामीहरुको निःशुल्क उपचार गरेन भएको छ । प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक सूचना जारी गर्दै सोको उपचार गाउँपालिकामा रहेको धुसेनी शिवालय प्राथमिक अस्पतालमा हुने भएको हाे ।

बैशाख २६ गते शुक्रबारका दिन मानसिक रोग विशेषज्ञ डाक्टरद्वारा क्लिनिकल सुपरभिजन चेक जाँच हुने भएकोले मानसिक रोग तथा मनोसामाजिक समस्या भएका बिरामीलाई मौकाको फाइदा उठाउन गाउँपालिकाले अनुराेध गरेकाे छ । उपचारको लागि लगातार लामो समय देखि टाउको दुख्ने, बढ़ि रिसाउने, मन दिक्क लाग्ने, मनमा बढी डर उत्पन्न हुने, निन्द्रा नलाने, एक्लोपनको महसुस हुने, टोलाई राख्ने, एक्लै बर्बराउने, बेलाबेलामा बेहोस हुने, बेलाबेलामा आत्महत्याको सोच आउने र मद्यपान धेरै सेवन गरि बेहोस हुने आदि समस्या भएका बिरामीहरु सहभागी भएर उपचार गर्न सूचनामा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।