धुलिखेल– काभ्रे जिल्लाकाे पनाैती नगरपालिकामा ढलमले ठाडो खाेलाले बगाएर बेपत्ता भएकी एक महिला अझै फेला पार्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेका अनुसार नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरीको टोलिले खोज तलास कार्य भईरहेको छ ।

हिजाे सोमबार साँझ ६ बजेकाे समयमा  पनौती नगरपालिका–५ सुब्बा गाउँकी राजेश गिरीकाे श्रीमती २८ वर्षीया रेनुका गिरी मेलाबाट फर्कने क्रममा ढलमले ठाडो खाेला तर्दा बेपत्ता भएकी थिइन् । प्रहरीका अनुसार उनको खाेजीकार्य हिजाे पनि भएकाे थियाे । गिरीको अवस्था पत्ता लाग्न नसकेपछि  हिजोको लागि खोजी कार्य स्थगित गरिएकाे थियाे । आज बिहानबाट पुनः खोजीकार्य शुरु गरिएकाे डिएसपी घलेले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।