बनेपा- नर्सिङ सेवालाई मर्यादित बनाउन सधै सहयोग गर्दै आएकी सामाजिक अभियान्ता (समाजसेवी) अनिला कायस्थ सम्मानित भएकी छिन् । अन्तरराष्ट्रिय नर्सिङ दिवस – २०२५ को अवसर पारेर जिल्लाको बनेपामा रहेको शिर मेमोरियल हस्पिटलले बनेपा नगरपालिका वडा नं ७ निवासी अनिला कायस्थलाई सम्मान गरेको हो । उक्त हस्पिटलमा एक कार्याक्रमको आयोजना गरेर कायस्थलाइ सम्मान गरेको हो ।

“बिरामीको सेवा र उपचारमा नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनैपनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडीका हिरो हुन् । बिरामीलाई यतिधेरै केयर गर्छन् कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन् । एआइले पनि तपाईहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन ।

डाक्टरहरुको त्यत्ति खोजी हुँदैन जति नर्सहरुको हुन्छ । नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अद्भुत रहेको भन्दै उनले भनिन् । ‘नर्सहरुको काममा कसैसँग तुलना हुन सक्दैन । बिरामीले डाक्टरलाई जसरी धन्यवाद भनेर जानुहुन्छ त्यसरी नै नर्सहरुलाई पनि भन्नुपर्छ ।’ नर्सले स्वास्थ्य प्रवद्र्धनमा उल्लेखनीय काम गर्दै आएका छन् । यसमा मैले सहयोग गर्न पाउनु ठुलो कुरा भएको कायस्थले बताईन ।”

कार्यक्रममा हस्पिटल परिसर भित्र कार्यरत बिभिन्न विधाका बिभिन्न नर्सहरुलाई सम्मान समेत गरिएको थियो । अन्तराष्ट्रिय नर्सिङ डेकै अवसरमा हस्पिटलका कार्यरत नर्सहरुले आकर्षक नृत्य गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।