काठमाडौं । तामाङ समुदायका युवा नेता, सफल व्यवसायी तथा तामाङ चलचित्रका नायक समेत रहेको जेनिस दोङको शब्द सृजनामा आधारित “माया तम्शुक” बोलको भावनात्मक तामाङ गीत सार्वजनिक भएको छ। TSS Damphu Media को प्रस्तुति रहेको यो गीत हालै डिजिटल प्लेटफर्महरूमा रिलिज गरिएको हो।
गीतमा आवाज दिएका छन् मंगोलियन हार्टका चर्चित गायक राजु लामा र लोकप्रिय गायिका शशिकला मोक्तान, जसको गहिरो स्वरले गीतलाई अझ भावनात्मक बनाएको छ। प्रेम, भरोसा र आत्मीय सम्झौताको भाव बोकेको यो गीतले मायामा गरिने बलिदान र भावना बाँड्ने सन्धिलाई सुन्दर ढंगले चित्रण गरेको छ।
गीतको म्युजिक भिडियो पनि उत्तिकै सशक्त बनेको छ। तामाङ चलचित्रका महानायक अमिर दोङ र मिस तामाङ फर्स्ट रनर-अप मोनालिसा थिङ तामाङको दमदार अभिनयले भिडियोमा प्रेम र आत्मीयता झल्काइएको छ। उनीहरूबीचको भावनात्मक संवाद, आत्मीय नजर र प्रेमपूर्ण अभिनयले दर्शकको मन छुनेछ भन्ने विश्वास गरिएको छ।
गीतमा संगीत रोशन लामाको रहेको छ भने एरेञ्ज र मिक्सिङ दिपेश प्रधानले गरेका छन्। गीतको सम्पूर्ण छायांकन, सम्पादन, निर्देशन र रंग संयोजन अमिर दोङ स्वयंले गरेका हुन्। भिडियोलाई त्रिलोक लामाले छायांकन गरेका हुन् र पोस्ट प्रोडक्सन डाम्फु मिडियाले गरेको हो। मेकअप र स्टुडियो रेशम लामाको, तथा को-अभिनयमा रेशम लामा, चर्चित हास्य कलाकार कुइसाङ रुम्बा, मिलन तामाङको समेत विशेष उपस्थिति रहेको छ।
‘माया तम्शुक न केवल गीत हो, यो मायाको दस्तावेज हो— जहाँ भावनाले सम्झौतासँग हात मिलाउँछ र आत्माको गहिराइसम्म पुग्छ। गीतको हरेक लाइन, हरेक दृश्यमा प्रेमको संवेदना र सांस्कृतिक आत्मीयता भरिएको छ।
तामाङ प्रेमगीतको डिजिटल बजारमा गीतको चर्चा सुरु भइसकेको छ, जसले तामाङ गीतसंगीतमा नयाँ स्वाद थपेको छ।
‘माया तम्सुक’ हेर्नुहोस्, महसुस गर्नुहोस्— तपाईंको प्रेमको कथा यो गीतमा भेट्टिन सक्छ।