चौरीदेउराली– काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले स्थानीय किसानहरु कृषि सामाग्री वितरण गरेका छन् । आइतबार पालिका केन्द्र ढाँडखर्क भञ्ज्याङमा  आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष चौलागाईंले अनुदानमा कृषि यन्त्र तथा मिल वितरण गरेकी हुन् ।

चाौंलागाईंले किसानहरुलाई आधुनिक ट्रयाक्टर, मिल, मकै छोडाउने मेसिन, स्प्रे पम्प र बाँदर थपाउने मेसिन वितरण गरेकी थिइन् ।

किसानलाई सामाग्री वितरण गर्दै उनले गाउँघरमा जोत्ने गोरु पाउने छोडेको अवस्थामा जोत्ने ट्रयाक्टरको प्रयोगबाट किसानले आफ्नो कृषि उत्पादन बृद्धि गर्ने विश्वास व्यक्त गरिन् । आजको समयमा विकास भएको प्रविधिको उच्चतम प्रयोगले जीवन सहज, सरल, मितव्ययी बनाउदै आर्थिक विकासको पाटोमा महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष चौंलागाईैको भनाइ थियो ।

यसैबीच उनले कृषिमा आधारित समुदायको आवश्यकतालाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा कृषि यन्त्रहरु वितरण गरेको बताइन्।

अध्यक्ष चौलागाईंका अनुसार गाउँपालिकाले बनाएको नीति, कार्यक्रम र बजेट कार्यन्वयन गर्ने क्रममा निवेदन आह्वान गरे अनुसार तोकिएको आवश्यक मपदण्दलाई टेकेर वडा कार्यालयबाट सिफारिस लिएर आएका किसानहरुलाई नदोहोरिने गरी ९० थान मिनि टिलर ट्रयाक्टर, १ थान पावर टिलर, ६९ थान धान कुट्ने मिल, ३ थान पिसानी मिल, २७ थान मकै छोडाउने मेसिन, ६० थान स्प्रे पम्प र ५ थान बाँदर धपाउने मेसिन वितरण गरिएको हो ।

स्थानीय क्षेत्रमा कृषि फार्म सञ्चालन गर्दै आएका किसान राजु परियारले गाउँपालिकाबाट प्राप्त यस खालको सहयोगबाट कृषिलाई व्यवसायिक रुपमा लैजान सघाउने बताए । गोरुको सट्टा कम लगानीमा ट्रयाक्टरले जोत्दा बढि फाइदा हाँसील गर्न सकिने उल्लेख गर्दै उनले कृषि उत्पादन विस्तार गर्ने सोच आएको बताए । यस अघि पनि चाौंरीदेउारली गाउँपालिकाले कृषिमा औजारीकरण गर्न किसानलाई यस्ता सामाग्रीहरु वितरण गर्दै आएको छ ।

वितरण कार्यक्रममा ३ वडाका वडा अध्यक्ष चित्रप्रसाद चाौंलागाईं, प्रमुख प्रशासकीय अधिकृत महानदास लामा लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।