बेथानचाेक- काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका वडा नं. ६, दर्केखोलामा यात्रुबाहक बस दुर्घट्ना भएको छ । आज भुग्देउ जाँदै गरेको उक्त बस दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यू भएको छ भने ३ जना घाईते भएका छन् ।
पनौतीबाट यात्रु लिएर भुग्देउ गएको यात्रुबसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए । ६० बर्षिय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमानै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए ।
घाईते मध्ये बसका चालकको खुट्टामा चोट लागेको छ भने कृष्णकुमारी सँगै गएकी नातिनी बर्ष १ की संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ । त्यसैगरि कृष्णकुमारीको बुहारी सगिता आचार्य तिमल्सिनाको गोडामा चोट लागेको छ ।
घाईतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । स्थानीय अनिल तामाङका अनुसार प्रहरी र विरामी लिन एम्बुलेन्स भुग्देउ आइरहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।