बेथानचोक- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–२, चनौटे लडकुमा रहेको एक घरमा आज राति करिब २:३० बजेको समयमा भीषण आगलागी भएको छ। स्थानीय ५० वर्षीय राजेश कुमार श्रेष्ठको ढुंगा माटोले बनेको र जस्ताको छानो भएको दुईतल्ले कच्ची घरमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरी र स्थानीय बासिन्दाहरूको तदारुकतामा आगो नियन्त्रणको प्रयास भई राति करिब ४:३० बजेसम्ममा आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आगलागीका कारण घरसहित घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, सिरक डस्ना, फर्निचर लगायत सम्पूर्ण सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु. पच्चिस लाख बराबरको क्षति भएको जनाइएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।